आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

झा एमाले प्रवेश, ओलीले गरे स्वागत

झा एमाले प्रवेश, ओलीले गरे स्वागत

 

 

 

काठमाडौं, बैशाख ७ ।समाजसेवी तथा वरिष्ठ ईन्जिनियर भगवान झा नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मंगलबार साँझ ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमकाबीच झा नेकपा(एमाले) प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले झालाई पार्टीमा स्वागत गरेका हुन। कार्यक्रममा नेकपा ( एमाले)का नेताहरु भानुभक्त ढकाल, मोतिलाल दुगडलगायत उपस्थित थिए।

झासँगै प्रा डा विजय झा र डा प्रशन्न कुमार झा पनि नेकपा(एमाले)मा प्रवेश गरेका छन । मधेस प्रदेशमा राम्रो प्रभाव जमाएका झाको एमाले प्रवेशसँगै एमालेजनमा खुशियाली छाएको छ । तराई मधेसका २८ जिल्लाको राजनीतिमा निर्णायक प्रभाव राख्ने मैथिल ब्राह्मण महासभा नेपालका अध्यक्ष समेत रहेका झाको एमाले प्रवेशले मधेसमा अहिले एमाले र ओलीप्रतिको क्रेज बढेको बुझ्न सकिन्छ। झाको प्रवेशले मधेसमा समीकरण फेरिएको छ ।

नेपाल सरकारको सिडिईबाट सेवा निवृत झा समाजसेवाको साथै लामो समयदेखी मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा क्रियासिल छन। झा हाल राष्ट्रिय ईन्जिनियर संघ नेपालका अध्यक्ष समेत रहेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend