आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

 

 

काठमाडौं । स्थानीय तह निर्वाचनको घोषणापत्र लगायतका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक सोमबार साँझ साढे ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने जनाएको छ। त्यसकै तयारीका लागि बैठक बोलाइएको अधिकारीको भनाइ छ। केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ। बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend