आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कांग्रेसका नेता जोशी समूहले तनहुँमा एमालेसँग चुनावी तालमेल गर्ने

कांग्रेसका नेता जोशी समूहले तनहुँमा एमालेसँग चुनावी तालमेल गर्ने

 

 

काठमाण्डौं ४ बैशाख । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ ।शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४, ४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ ।

गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको बताए । ‘एमालेसँग प्रत्येक पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको छ,’ उनले भने । दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend