कैलाली । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन्।
दोस्रो पटक प्रतिनिधिसभा बिघटनलगत्तै विभाजित भएका दुई पार्टीका नेताले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि पुनः एकजुट भएको घोषणा गर्दै दुई दलबीच गठबन्धन गर्ने निर्णय गरेका हुन्। दुई पार्टी बिच गठबन्धन पहिलो पटक कैलालीमा भएको हो।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जसपा र लोसपाको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने घोषणालाई नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेतसाथ दिएको छ।
सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा असन्तुष्ट जसपा नेपालले पाँच दलीय गठबन्धन तोडेर लोसपासँग गठबन्धन गर्ने निर्णयसँगै गठबन्धन तोडेको यो दोस्रो घटना पनि हो। यसअघि बाँकेमा जसपा नेपालले पाँच दलीय गठबन्धन तोडिएको घोषणा गरेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend