दैलेख २ बैशाख । नेकपा (एकीकृत समाजवादी) दैलेख जिल्ला सचिव मानबहादुर खड्का स्थानीय तहको चुनावको मुखमा नेकपा एमालेमा फर्किएका छन्। खड्कालाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले पार्टीमा स्वागत गरेका छन्।
एमाले दैलेखको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा खड्कालाई एमालेमा स्वागत गरिएको हो। उक्त अवसरमा एमाले नेताहरु नन्दकिशोर बस्नेत, दानबहादुर थापा, चन्द्रा रेग्मी, याम नारायण उपाध्याय, शान्तिप्रसाद शर्मा लगाएको उपस्थिति थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend