आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गठबन्धन र तालमेल हितकर छैनः गगन थापा

गठबन्धन र तालमेल हितकर छैनः गगन थापा

फाइल तस्बिर

काठमाडौं १ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन र तालमेल हितकर नभएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री थापाले गठबन्धन र तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका हुन्।

उनले भने,‘गठबन्धन र चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर छँदै छैन तर, पार्टीको निर्णय मानेको छु। यो विषयमा बहस गर्नुपर्छ।’

तालमेलको राजनीतिक संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए। उनले भने,‘स्थानीय कुरा भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ। संसदीय व्यवस्थामा दलहरूबीच तालमेल नहुने होइन। हामी जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदै छौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन।’ थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेको व्यक्ति पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति रातारात दल परिवर्तन गर्ने गरेको समेत बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend