सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रवाद भनेको बिश्वसंग पाइला मिलाएर उभिने साहस हो

राष्ट्रवाद भनेको बिश्वसंग पाइला मिलाएर उभिने साहस हो

बिष्णु प्रसाद शर्मा,

 

बुद्ध नेपालमा जन्मिएका हुन, नेपाली बुद्धका बाणीलाई हामी नेपालीले आत्मसात गरेनौं । एक सामन्तले एक दिन मेवाबाट बनेको खीर खाई सन्तुष्ट हुन बुद्धलाई निमन्त्रणा गरेका थिए । सामन्तको घरमा बुद्ध गए । बुद्धले गोवरले भरिएको पात्र सामन्तको सामुन्य राखिदिएर भने खीर यस पात्रमा हालिदिनुस् । सामन्तले कुरा के हो बुझेनन् । गोवरमा खीर राखेर कसरी खानु हुन्छ ? बुद्धले भने अरुको आशीर्वादलाई खीर जतिकै स्वादिष्ट मान्नु हुन्छ, मूल्यवान् ठान्नु हुन्छ भने तपाईको सोच सफा राख्नु होस् । गोवरजस्तो राख्नाले तपाईमा शुद्धता कहिल्यै पनि पलाउने छैन । सामन्त झस्किए, उनको आँखा खुल्यो, आफू भित्र रहेका गलत सोच त्यतिखेरै त्याग्ने निधो गरे र सफा पारे । नेपाली राजनीतिले दक्षिणको भाषालाई आत्मसात गरेकै हो र अर्ध ज्ञानका कारणले गर्दा राजनेता बन्न सकेनन् । राजनेतामा अलौकिक गुण हुन्छ र देशको माटोले उसको टाउँको सजिएको हुन्छ भने देश र जनता प्रति उत्तरदायी बनेर रक्षार्थ गर्दै जन्म र कर्म भूमिको भाषा मन भित्रैबाट जागेर आउदँछ । नेपालमा न त राजनेता जन्मे न त राजनेता बन्ने सोच नै पलायो ।

बिश्वसंग पाइला मिलाएर उभिने साहस राष्ट्रवाद हो । यो साहस राजा महेन्द्रले गरे, अरु कसैमा यस्तो साहस देखिएन । त्यस पछि त तुहिने र आत्मरती गर्ने कार्य मात्र भइरहेको छ । बिश्वशक्तिहरु नेपाललाई आफ्नो सुरक्षा छाता मुनि राख्न चाहन्छन । नेताहरु नबुझे जस्तो स्वाङ पारिरहेछन् । (ज्वालामुखि माथि देश पृष्ठ १६३) साहसको पहिलो स्वाद देशले चुम्न पाउन पर्दछ भनेर राजनेताले बुझेका हुन्छन् र त्यो सामार्थताले उसलाई असंख्य उचाइमा पुयाइ दिन्छ । जनताले देश ठूलो हो । स्वार्थ हाम्रो बिनासकारी शत्रु हो भनेर बुझनु पर्दछ । नेपाली जनताको गरिवी, अशिक्षा र राजनीतिको बीचमा पलाएको एक प्रखर मिलनशिलता, एकताबद्धता र लगनशिलताको मध्ये रेखा भित्रको चक्रमा बिदेशी रचित खेलले प्रबेश पायो र सबैलाई कित्ता काट गर्दै फरक फरक दलको एजेण्डामा बिभाजित् गराइयो । दलका ठालुहरुले भिडलाई सडकमा उतार्ने ठेक्का दक्षिण पश्चिमबाट बोलपत्र आवहान हुँदा त्यो बोलपत्रलाई जस्ले आँखा चिम्लेर स्वीकार गरेका छन तिनैले देशको अस्मितामै खेलवाड पनि गरिराखेका छन । यी तथ्य र सत्यलाई केलाएर हेर्न जनताले सकेका छैनन् ।

राष्टवाद भनेको बिश्वसंग पाइला मिलाएर उभिने साहस हो भनेर पनि कतै बुझेका छैनन् । क्रन्तिले भ्रष्टाचार जन्माउने हो की समानता ? परिवर्तनले जनसमुदायलाई राहत दिन्छ कि खानै नपाएर मर्न बाध्य बनाउँछ ? यी प्रश्नहरुको उत्तर दिन सक्ने मानिसले नेपालमा राजनीति क्षेत्रमा पाइला हालेकै छैनन् ।   केतकी फुलले हरर बास्ना त दिन्छ , तर उसको बासस्थान हो फोहर ठाउँ । प्रजातन्त्रको माला जप्न सजिलो छ, प्रजातन्त्र भनेको के रहेछ भनेर बुझनै नचाहनेहरुको जत्थाले सत्ता कव्जामा लिए पछि कसले पायो त प्रजातन्त्रको स्वाद ? केवल दलको भजन मण्डलले मात्रै हो, यही बाट सुरु भयो बिकार र बिकृति । त्यो बिकार र बिकृतिले समाज, महिला र घरलाई ध्वस्तै बनाईदियो । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend