काठमाडौँ २९ चैत्र । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अव्यवस्थित सहरीकरणले गर्दा महानगरका खोलामा बाढी आउँदा सबै बस्तीमा छिरेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले अव्यवस्थित बस्तीका कारण बस्तीमा बाढी पस्ने गरेको बताएकी हुन् ।
फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको भन्दै उनले यस्ता आमचासोका विषयलाई राष्ट्रिय नीतिमा समावेश गरी अघि बढ्नुपर्ने बताइन् । ुगाउँमा लगानी बढाइरहँदा त्योभन्दा बढी सहरीकरण बढ्दै गएकाले गाउँमा गरेको लगानीको प्रभाव घट्दै गएको छ,ु उनले भनिन् ।
काठमाडौंका केहि कार्यक्रम गर्नका लागि टुँडिखेलबाहेक कतै पनि ठूला ठाउँहरू नभएको बताउँदै उनले त्यसको संरक्षणमा ध्यान दिनुपर्ने पनि बताइन् । ुसार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने रु यो हाम्रा लागि एकदमै चुनौतीको विषय छ । सार्वजनिक अतिक्रमणका कारण आज कतै ठूलो आपत् आइलाग्यो भने २ सय जना बस्ने ठाउँ छैन,ु उनले भनिन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend