सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तालमेल गर्ने घोषणा गरेको हो। यसका लागि पाँचै दलका शीर्ष नेताले संयुक्त प्रेस अपील जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन आह्वान गरेका छन्।
गठबन्धनको बैठकपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको संयुक्त अपीलमा तालमेल गर्ने घोषणा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend