काठमाण्डौं २३ चैत्र । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले आफूलाई पार्टी नेतृत्वले योग्यता र क्षमता अनुसार महत्वपूर्ण जिम्मेवारी दिए सक्रिय राजनीतिमा लाग्ने बताएका छन । आज खवरबे्रकिंग संग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले आफनो योग्यता र क्षमता पार्टीमा कुनै किसिमको जिम्मेवारी नहुँदा प्रर्दशन गर्न नपाएको बताए । केही दिन अघि आफू काठमाण्डौं गएको र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको बताए ।
पार्टी नेतृत्वले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिए जोतिन तयार भएको उनले बताए । उनले भने, ”चुनावको बेलामा मेरो आबश्यकता पार्टीलाई छ । म जस्तो सुकै कठिन अबस्थामा पनि पार्टीको नीति, शिद्धान्त र बिचार अनुसार पार्टीको काममा खटिन तयार छु । पार्टीले महत्वपूर्ण जिम्मेवारी दिए सक्रिय राजनीतिमा लाग्छु । पार्टी नेतृत्वले मलाई उचित जिम्मेवारी दियोस् ।”
आफनो ठाउँबाट यति धेरै पार्टीको काममा खटिदा पनि पार्टीले जिम्मेवारी नदिदा दुख्ख लागेको उनले बताए । उनले आफनो पेशा ब्यावसाय सबै छोडेर राजनीतिमा आएको र अझै सक्रिय राजनीतिबाट देश र जनताको सेवा गर्न मन लागेको बताए । नेकपा एमाले भन्दा राम्रो पार्टी अरु नभएको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend