भक्त बहादुर के सी,
देशमा यति बेला चुनाबी ध्रुवीकरण बढेर गएको छ । सत्ता गठबन्धन भित्रका दल नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी मिलेर चुनावमा जाने भनिरहेका छन ।
लोकतान्त्रिक र प्रगतिशील समूह मिलेर हरेक ठाउँमा राजनीतिक ध्रुवीकरण तीब्र बनेपछि निर्धारित चुनावी मितिलाई लिएर आशंका व्यक्त भइरहेका बेला विचार मिल्नेसँग नयाँ ध्रुवीकरण गर्नुपर्छ, वा पर्दैन भन्ने कुरा हाम्रो पार्टीमा छलफलको बिषय नै बनेको छ ।
हाम्रो पार्टी अध्यक्षज्यु श्री रमेश प्रसाद खरेल भन्नु हुन्छ व्यावहारिक कुरा भनेको हाम्रो विचार र आदर्श मिल्नेहरू बस्ने हो र जो मिल्नेछन बस्नेछन नमिल्नेहरू आफ्नो बाटो लाग्छन् भन्नु हुन्छ । अन्य पार्टीहरुको देख्दा नै हामी दिक्क छौ । विचार मिल्ने भन्छन तर काँग्रेस कम्युनिष्टहरुको गठबन्धन देखिन्छ । कुशासनले पालिएका सत्तामा जानलाई मात्र होडबाजी गर्नेहरु जसरि पनि सत्तामा पुग्ने रुचि देखिन्छ ।
नेपाल भनेको हिमाल, पहाड र तराई, मधेसका विभिन्न जाति समुदायले बनेको मुलुक हो । त्यसैले सबैको राष्ट्रिय पार्टी हुनुपर्यो । नेपाल सुशासन पार्टी भबिस्यको रास्ट्रिय पार्टी बन्नेछ र उन्मुख छ । समाज रूपमान्तरको लक्ष्य लिएरै पार्टी दर्ता गरेका छौ ।
अहिलेको युगमा प्रगतिको लागि सुशासन चाहिन्छ । पहिले पनि जनमानसमा ठूला साना शक्तिहरूको प्रभाव पर्थ्यो । अब नेपाली जनताले देखि सके ठुला पार्टीका पधाधिकारीले कुशासन कै भरन पोषण गरे । भ्रष्टाचारले गरिबी घटाउने होइन, थाहा हुँदा हुँदै बिकाशको लक्ष्य राखेका नीति र कार्यक्रमहरूलाई कमजोर बनाए । त्यसैले हामी उपलब्धिको लागि भ्रष्टाचारमाथि हमला गर्नु हाम्रो महत्त्वपूर्ण विचार छ ।
आन्तरिक बिकास ठूलो र देशको प्रमुख कुरा हो र समावेशी र समानुपातिक लोकतन्त्रमा आधारित नेपाल सुशासन पार्टी अगाडी बढेका छौ । प्रतिभाशालि , बौद्दिक , प्रभाबशाली र देशका कर्णधार युवाहरुले नेपाल सुशासन पार्टीको समर्थन गर्ने छन् र भबिस्यमा हामी देश चलाउने छौ बैकल्पिक पार्टी बन्नेछौ सुशासन कायम गर्ने छौ ।भक्त बहादुर के सीः नेपाल सुशासन पार्टीका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend