आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

 

 

धादिङ २१ चैत । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमाले प्रवेश गरेका छन् ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत रहेका उनी ओलीनिवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि एमाले फर्केका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend