आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले एक्लै चुनाव लड्छ र एक्लै बहुमत ल्याउँछः रिजाल

एमाले एक्लै चुनाव लड्छ र एक्लै बहुमत ल्याउँछः रिजाल

 

काठमाण्डौं २० चैत्र । नेकपा एमालेका युवा प्रखर नेता राम प्रसाद रिजालले आगामी निर्वाचनमा पाँच दल एकातिर  र एमाले अर्कोतिर एक्लै चुनाव लडे पनि बहुमत आउने दाबी गरेका छन । उनले आज खवरबे्रकिङ संग कुरा गदै यस्तो दावी गरेका हुन ।

बिभिन्न पार्टी परित्याग गरेर दिनौं एमालेमा प्रबेश गर्नेहरुको भिडले एमालेले बहुमत ल्याउने आधार तयार भएको उनले बताए । गठबन्धनको नाममा काँग्रेसले प्रचण्ड र माधब नेपाललाई काँधमा बोकेर चुनावमा जानु भनेको काँग्रेसका लागी भोली ठूलो राजनीति क्षति हुने सुझाव दिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको जनाधार नभएर नै उनीहरु चुनावी तालमेलमा जोड गरेको उनको तिप्पणी छ । उनले नेकपा एमालेलाई कुनै पार्टी संग चुनावी तालमेलको जरुरी नभएको स्पस्ट पारे । एमाले एक्लै चुनाव लडछ र एक्लै बहुमत ल्याउँछ उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend