काठमाडौं, १८चैत। कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको आमाप्रती समर्पित गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर र सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतमा आमाको ममतालाई व्यक्त गरिएको छ भने सबै भन्दा बढी माया गर्ने आमालाई गुमाउँदाको पिडा व्यक्त गरिएको छ । गीतका शब्दहरू निकै मार्मिक छन् भने बाबुल गिरीको स्वरमा त्यस्तै मर्मस्पर्शी सुनिन्छ ।
गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता र दर्शकमाझ छन् ।
यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा उपाध्यायले आज (शुक्रबार) थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ ।
यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend