काठमाण्डौं १५ चैत । मेडिकल व्यवसायी तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सिपाडोलमा तरकारी बजार खोलेका छन् । प्रसाईंले खोलेको तरकारी बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने भएका छन् ।
तरकारी बजारका सञ्चालक राकेशप्रसाद प्रसाईंले उद्घाटनको तयारी पूरा भएको जानकारी दिए । तरकारी बजार भक्तपुरको सूर्यविनायक नगरपालिका( ८ मा रहेको छ । २०७५ फागुनदेखि तरकारी बजारको निर्माण सुरु भएको थियो । ३५ रोपनी क्षेत्रमा बजार फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । प्रत्येक दिन बिहान २ देखि बेलुकी ८ बजेसम्म बजार खुल्ला रहने जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend