राम प्रसाद रिजाल,
मलाई आज अद्धभुत ज्ञान प्राप्त भयो त्यो के हो भने सुख दुःख शान्ति अशान्ति सबै हाम्रै हातमा छ । तपाई आफ्नो जीवन लाई कसरी बिताउने कस्तो बनाउने तपाईको हातमा छ । दुःख को कारण सुखको कारण तपाईकै हातमा छ । तपाईकै क्रियाकलापमा छ । हामी किन दुखी हुन्छौं ? हामी किन रोगी हुन्छौं ? हामी किन सुखी हुन्छौ ? हामी कसैको शत्रु हुन्छौ ? कसैको मित्रु हुन्छौ ? यो सबैको कारक तपाई आफै हो । दुःख का कारण लोभ हो तपाईमा भएको डाह कुण्ठा अंहकार घृणा रिस कुविचार खराव आचारण हो यसलाई त्याग्नुहोस तपाईको जीवन स्वर्ग बराबर हुन्छ यी विषाक्त चीजहरूलाई अगाल्नुहोस तपाईको जीवन नरक हुन्छ । स्वर्ग नरक तपाई संगै छ । हामी किन दुखी भैरहेका छौ ? किन हाम्रो जीवनमा खुसी रहन सकेका छैनौ भने हामी सधै नकरात्मक कुराहरू सोचीरहेका छौ ।अरूको प्रगति उन्नति मा हामी जलीरहेका छौ त्यसैले त हामीलाई रोगी दुखी बनाईरहेको छ । अरूको खुसीमा प्रगतिमा रमाउनुहोस । अरूको दुःखमा सहयोगी बन्नुहोस ।तपाईलाई कहिले दुःख हुदैन ।हामी अरू खुसी हुदा जल्छौ दुःखी हुदा रमाउछौ यही हो । हामो जीवनको मुख्य रोग वा शत्रु जसले हामीलाई सधै अशान्ती बनाउछ । हाम्रो जीवनलाई नरक बनाईरहेको छ रोगी बनाईरहेको छ । हाम्रो व्यवहारले बोलीले नै मान्छे हाम्रो शत्र मित्रु भैरहेको छ । थोरै बोल्नूहोस आफू अरूको कुरा सून्नुहोस यसले तपाईलाई आफुमा भएका कमजोरीहरु बाहिर आउदैन यसबाट तपाईले अरूको कमजोरी थाहा पाउन सक्नुहुन्छू भने अरूको ज्ञान पनि लिन सक्नुहुन्छ । कोही मान्छे तपाई संग झगडा गर्न आउंछ बाझ्न आंउछ भने तपाई उ जति उफ्रीन्छ कराउछ मनपरी बोल्न सक्छ किनकी उसलाई तपाई संग बाझ्नु छ । झगडा गर्न छ । तपाई उसको कुरा सुन्नुहोस केही ऊ संग प्रश्न उतर नगर्नूहैस ऊ आफै बोल्दा बोल्दै थाकेर जान्छ । आईन्दा देखि यस्ता विषाक्त मानिसहरु छेउमै पर्दैनन र यस्ता विषाक्त मान्छे संग जम्काभेट भयो भने बोल्नै पर्यो भने ऊ बरवराउंछ तपाई उसको प्रश्न को उत्तर दिदा yes no yes no मात्र भन्नु ऊ आफै थाक्छ अनि आफै भाग्छ । तपाईलाई जीवनमा दुःख भयो भने नडराउनु होस न आत्तिनुहोस त्यो तपाईको सहनशीलता धैर्यताको मापन हो । हांसी हासी रमाउनुहोस र भन्नुहोस जे हुन्छ राम्रो हुन्छ त्यस पछि तपाईको जीवन मा सुख आउन दुख भएको हो । तपाईलाई सृष्टिकर्ता ले तपाईको परीक्षण गर्नुभएको हो कहिले सुख दिएर कहिले दुख दिएर हामी सबैको परीक्षण भैरहेको हुन्छ ।सुख भयो शान्ति भयो भनेर नमात्तिनुहोस यो पनि क्षणिक हो सुख दुःख हाम्रो जीवन मा आईरहन्छन यसलाई स्वीकार्नु होस । हामी जीवनमा सुख दुख पाईरहेका हुन्छौ त्यसको कारक हामी नै हो । तपाई कुनै परीक्षा वा प्रतियोगिता मा वा चुनाव मां असफल हुनुभयो वा पराजय हुनु भयो भने रमाउनुहोस खुसी हुनुहोस जे भयो राम्रैको लागि भयो भन्नुहोस यसले तपाईलाई हारको महशुस हुदैन भने जसले तपाईलाई जितेको छ तपाईको गतिविधिले त्यो जित्ने वा तपाईलाई हराउने व्यक्ति लाई विजयको जीतको महशुस हुदैन ।झन दुखी हून्छ र तपाई दुखमा आपतविपत मा पराजयमा आत्तिनु भयो मनलाई कमजोर बनाउनु भयो भने अर्को तपाईलाई पराजय गर्ने मान्छे तपाईको खुसी देख्न नसक्ने प्रवृत्ति का व्यक्ति हरू खुसी हुन्छन । त्यसैले सधै हासीराख्नूहोस सुख दुख मा उस्तै तरिकाले रमाउनुहोस आन्नद लिनुहोस । आफु संग जे झ त्यसमा रमाउनुहोस । सुख खुसी बाड्नूहोस दोबर हु्न्छ दुख पनि बाड्नुहोस आधा दुख कम हुन्छ । तपाईको जीवन मा प्राप्त भएका यी सबै कुराहरू पद प्रतिष्ठा मान सम्मान पैसा धन सम्पत्ति दौलत गरिवी अभाव सुख दुःख शान्ति अशान्ति सबै क्षणिक हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend