आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पदकै लागि बादलहरू एमालेमा गएको शिक्षामन्त्री पौडलको आरोप

पदकै लागि बादलहरू एमालेमा गएको शिक्षामन्त्री पौडलको आरोप

 

 

काठमाडौं १३ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन्। नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले उक्त आरोप लगाएका हुन्।

बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो, मन्त्री पौडेलले भने, पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सरापदै हुनुहुन्छ।

आगामी स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने धारणा राखेका छन्। आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो, मन्त्री पौडेलले भने, आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन्।

देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धीलाई संस्थागत गर्न गठबन्धन गरेको बताए। माओवादीको लामो संघर्षपछि आएको परिर्वतनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उनले बताए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend