आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

राजेन्द्र लिङ्देन एमाले, काँग्रेस र माओवादीप्रति आक्रोशित

राजेन्द्र लिङ्देन एमाले, काँग्रेस र माओवादीप्रति आक्रोशित

 

काठमाडौं १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । एमाले, काँग्रेस र माओवादीप्रति आक्रोशित हुँदै उनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध गर्न नसकेको र राप्रपालाई पाँच वर्ष काफी हुने बताए ।

राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्‍याइदिन जनतासँग आग्रह गरेका छन् । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि उनको भनाइ छ ।

उनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नेपर्ने धारणा राखे । तर, एमाले, काँग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend