आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छः प्रचण्ड

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छः प्रचण्ड

 

चितवन ११ चैत्र। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे ।

दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने, ‘सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ?  के संविधानसभा हुन्थ्यो ?  के संविधान जारी हुन्थ्यो ?  गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै उनले सो कुरालाई बिर्सन नहुने बताए।

गठबन्धनका सन्दर्भमा अध्यक्ष दाहालले अहिले केही साथीहरु मिलेर जाने होइन आफ्नै आफ्नै ढङ्गले जानुपर्छ भन्ने गरेको बताए। उनले भने, ‘आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै आफ्नै तरिकाले पनि जान सकिन्छ ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend