आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेले गठबन्धन गर्दैन, स्थानीय तहमा ६० प्रतिशत जित हासिल गर्छौंः योगेश भट्टराई

एमालेले गठबन्धन गर्दैन, स्थानीय तहमा ६० प्रतिशत जित हासिल गर्छौंः योगेश भट्टराई

 

 

काठमाण्डौं ११ चैत्र । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विभाजन भएका बेलामा समेत ६० प्रतिशत स्थानीय तहमा एमालेको जित सम्भव रहेको दावी गरेका छन । उनले मुलुकको लोकप्रिय पार्टी भनेको नेकपा एमाले भएको बताए । देशभरी विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गरिरहेको जनलहरले त्यसको पुष्टि गरेको उनको भनाई छ । अन्य पार्टी माइनस हुँदा एमाले प्लस प्लस हुँदै गइरहेको छ यही हाम्रो जित्ने आधार हो उनले भने । उनले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन नगर्ने बताए ।

शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले समेत स्थानीय निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने बताएका हुन् ।

यद्यपी उनले आवश्यकताका आधारमा तल्लो तहका कमिटीको सिफारिसमा जिल्ला कमिटीको निर्णयबमोजिम गठबन्धन हुन सक्ने सम्भावना रहेका बताए । उनले भने, ‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन् । आवश्कयता परेमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend