काठमाण्डौं ११ चैत्र । नेपाल सुशासन पार्टीका केन्द्रीय सदस्य उद्धव प्रसाद मिश्रले देशलाई सही बाटोमा लैजान नेपाल सुशासन पार्टीको आबश्यकता भएको दावी गरेका छन् ।
हिजो नुवाकोटमा संचारकर्मी संगको कुराकानीमा उनले यस्तो बताएका हुन । सुशासन, समृद्धि र राष्ट्रियताको मुख्य एजेण्डासहित स्थापित पार्टीले देशमा व्याप्त कुशासनको अन्त्य गर्ने मिश्रको भनाई छ ।
उनले उत्पादनलाई जोड नदिएसम्म देश समृद्ध बन्न नसक्ने बताए । किसानलाई मुख्य प्राथमिकतामा राखेर कृषकका उत्पादनलाई समन्वयात्मक ढंगले वितरण गरे मात्रै देश समृद्ध बन्ने र जनता सुखी हुने मिश्रले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend