आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका प्रभावशाली नेता कांग्रेसमा प्रवेश, एमालेलाई ठूलो धक्का

एमालेका प्रभावशाली नेता कांग्रेसमा प्रवेश, एमालेलाई ठूलो धक्का

 

 

हेटौंडा ९चैत।धुलिखेलका नेकपा एमालेका प्रभावशाली नेता रामकृष्ण हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनको प्रबेश संगै एमालेलाई ठूलो धक्का लागेको छ ।

हुमागाईं तत्कालीन जिल्ला विकास समितिका सदस्य, तथा नेकपा एमालेका पूर्वक्षेत्रीय अध्यक्ष हुन्। तीन दशक लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाईं नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत थिए। उनले लामो समयदेखि आफु धुलिखेल नगरपालिकाको मेयरको उम्मेदवार हुनुपर्ने दाबी गरिरहेका थिए।

तर, पार्टीले टिकट नदिने अवस्था आएपछि पार्टी परिवर्तन गरेको बुझिएको छ। हुमागाईंसहित पूर्व गाविस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडासदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईंलगायत नेताहरू कांग्रेस प्रवेश गरेको कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईँले जानकारी दिए। उनीहरूलाई एक विशेष कार्यक्रमबीच नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले नेपाली काँग्रेसमा प्रवेश गराएका थिए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend