आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेकपा (एकीकृत समाजवादी)  जिल्ला पार्टी कार्यालय अर्घाखाँचीको बैठक सम्पन्न

नेकपा (एकीकृत समाजवादी)  जिल्ला पार्टी कार्यालय अर्घाखाँचीको बैठक सम्पन्न

 

 

अर्घाखाँची ९ चैत्र । नेकपा ( एकीकृत समाजवादी)  जिल्ला पार्टी कार्यालय अर्घाखाँचीको बैठक चैत्र ८ गते मंगलबार जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा विभिन्न महत्त्वपूर्ण निर्णयहरुका साथ सम्पन्न भएको छ ।
बैठकले लुम्बिनी प्रदेश सचिवालको चैत्र ५ र ६ गते लुम्बिनीमा बसेको सचिवालयको बैठकले परिपत्र गरे अनुरुप स्थानीय निर्वाचन केन्द्रित १५ दिने जनपरिचालन अभियान सन्चालन गर्ने निर्णय गरेको छ । जस अन्तर्गत एकाध गठन हुन बाकी रहेका पार्टी तथा जनसंगठनका सम्पूर्ण कमिटीहरु निर्माण गर्ने , गठन भएका कमिटीहरुका तत्काल बैठक आयोजना गरि कार्ययोजना तयार गर्ने , व्यापक रुपमा सदस्यता वितरण गर्ने , पार्टीमा स्वागत अभियान सन्चालन गर्ने , उम्मेदवारहरुको नामावली तयार गर्ने र प्रतिगमन विरुद्ध जिल्लामा गठन भएको ५ दलिय गठबन्धनलाई खुला हृदयका साथ अझै व्यापक र सुदृढ बनाउन पार्टीको तर्फबाट महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।
साथै बैठकले गठबन्धनको संदेशलाई वार्ड र टोल सम्म पुरयाउन आयोजना हुन लागेका ( चैत्र ११ गते सितगङ्गा , १२ गते पाणिनी , १३ गते भुमिकास्थान , १४ गते मालारानी , १५ गते छत्रदेव र चैत्र १६ गते सन्धिखर्क ) अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रमक्रमहरुलाई सफल पार्न पार्टीको तर्फबाट महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।
बैठकले यी सम्पूर्ण निर्णयहरुलाई अक्षरश स् व्यवहारमा उतार्न ६ वटै पालिकामा अर्घाखाँची जिल्लास्थित केन्द्र , प्रदेश , जिल्ला , पालिका र वार्डस्थित पार्टी तथा जनसंगठनका सम्पूर्ण नेता कमरेडहरुलाई परिभाषित जिम्मेवारीका साथ पठाउने निर्णय गरेको छ ।
बैठकले जिल्ला कमिटीको रिक्त उपसचिव पदमा कमरेड नारायण शर्मा र कमरेड डेम बहादुर नेपाली तथा रिक्त जिल्ला कमिटीका सदस्य कमरेडहरुको समेत चयन गरेको छ ।
बैठकले गम्भीर प्रकृतिका रोगहरुलाई समेत पराजित गरेर स्वास्थ्यलाभ भै पार्टी काममा जुट्नु भएकोमा पार्टी केन्द्रिय सदस्य , लुम्बिनी प्रदेश उपाध्यक्ष एवं अर्घाखाँची जिल्ला इन्चार्ज कमरेड पीताम्बर भुसाल र जिल्ला सह ( इन्चार्ज कमरेड यमुना भुसालप्रति सम्मान र गर्व व्यक्त गरेको छ ।
साथै बैठकले उपचारमा रहनु भएका भुमिकास्थान नगर कमिटीका हाम्रो पार्टी अध्यक्ष कमरेड प्रेम बन्जाडेको शीघ्र स्वाथ्यलाभको समेत कामना गरेको छ ।
पार्टी जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता , जिल्ला इन्चार्ज कमरेड पिताम्बर भुसालको प्रमुख आतिथ्यता , सह ( इन्चार्जद्वय कमरेड पिताम्बर सारु र कमरेड यमुना भुसालको बिशिष्ठ आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेश कमिटी सदस्यत्रय कमरेड सुनिता बेल्बासे , कमरेड विष्णुहरी भुसाल र कमरेड तारापती भट्टराई , जिल्ला कमिटीका उपाध्यक्षद्वय कमरेड सिद्धि प्रसाद भुसाल , कमरेड सुमित्रा मुखिया , उपसचिव कमरेड हृदय भुसाल , सचिवालय सदस्यहरु कमरेड नारायण शर्मा , कमरेड डेम नेपाली , कार्यालय सचिव कमरेड नारायण भुसाल , युवा अध्यक्ष कमरेड पुष्कर पौडेल , पि । भि । अध्यक्ष कमरेड मनोज सापकोटा , बिद्यार्थी अध्यक्ष कमरेड सागर परियार लगायतका कमरेडहरुको उपस्थिति रहेको थियो । बैठकको संचालन सचिब कमरेड युवराज पौडेलले गर्नुभएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend