आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाम एकताको बिषयमा यसो भन्छन् रिजाल

बाम एकताको बिषयमा यसो भन्छन् रिजाल

 

 

काठमाडौं ९ चैत्र । नेकपा एमालेका युवा नेता भनेर चिनिने राम प्रसाद रिजालले नेकपा एमालेका नेता घनश्याम भुषालले भने जस्तो माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी संग एमालेको एकता अहिले हुनै नसक्ने बताएका छन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा रहुन्जेल वाम पार्टीहरू बीच एकता हुने कुरो कल्पना भन्दा पनि टाढा भएको रिजालको भनाई छ ।

प्रचण्ड र माधव नेपालले वाम पार्टीहरू बीच साच्चै नै एकता चाहेको भए उनीहरूले राजनीतिबाट संन्यास लिनु पर्ने उनले बताए । उनले बाम एकताको बाधक प्रचण्ड र माधब नेपाल नै भएको ठोकुवा गरे ।

घनश्याम कमरेड प्रचण्ड र माकुने नामका भस्मासुरहरु पार्टीबाट बाहिरिएर बल्ल बल्ल एमाले पार्टी एकिकृत हुदैछ किन यी भस्मासुरहरूलाई एमालेमा ल्याएर फेरि एमाले सिद्ध्याउन वा टुक्रियाउन तपाईलाई किन हतारो ? भन्दै रिजालले घनश्यामलाई प्रश्न गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend