बिष्णु प्रसाद शर्मा,
नेपाल -चीन बीच सन् १९५५ अगस्त १ मा दौत्य सम्बन्ध कायम भएको थियो । नेपाल र चीनको मुख्य १८ वटा नाकाहरु रहेका छन । यी नाकाहरु मध्ये सबै खुला रहेका छैनन् । नेपाल- भारत बीचका २६ जिल्लाहरुको १८८० किलो मिटर क्षेत्रफल रहेको छ र २३ जिल्लामा ६६६६४ हेकटर जमिन भारत तीर गाभी सकेको अबस्था छ र प्रायः नेपाल -भारत आवत जावतमा रोकावट नदेखिएता पनि भारतले सबै नाकाहरुमा नेपाली जनताहरुलाई हैरानी दिइनै राखेको छ ।
भारतले २००८ सालमै तत्कालिन प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई दिल्ली बोलाएर नेपाली सेनाको तालिम, आधुनिककरण लगायतका लागी भारतीय सेना पठाइदिउ भनेर प्रायोजित प्रस्ताव राख्न लगायो र ८ साल फागुन १५ गते भारतीय सेना नेपाल आयो । भारतीय सेनाले चीन नेपालको १८ वटै नाका कब्जा गर्न सफल भयो । यो गतिबिधिलाई राजा महेन्द्रले गम्भिरताका साथ हेरिबक्सेको थियो ।
११ असार २०२६ मा दी राइजिङ नेपालमा प्रधानमन्त्री कीर्तिनिधि बिष्टको अन्तरवार्ता छापियो । अब रगतको खोलो बगाउने छु । (सन् १९७० अगष्ट १ ) २६ साल पुस १७ गते भारतीय सेना ती पोष्टहरुबाट फिर्ता भयो । राजा महेन्द्रलाई उसले आग्रह गर्यो केही समयका लागी कालापानीमा राख्न लिखित पत्राचार थियो । धेरै छिमेकिलाई चिढाउने काम पनि उपयुक्त होइन भनेर राजा महेन्द्र चुप लागी बक्सियो यसैको फाइदा उठाउँदै छ भारत ।
भारतले नेपालमा सैनिक मार्च गर्ने सूचना चिनियाँ दूतावास दिल्ली मार्फत चीनले प्राप्त गरेको थियो । चीनको प्रतिक्रिया यस्तो आयो – कुनै बिदेशीले नेपाल माथि हमला गर्छ भने चीन माथि हमाला गरेको सम्झिने छ । चीन सदासर्वदा सार्वभौमसत्ता सम्पन्न नेपालको पक्षमा रहन्छ भने नेपालले एक चीन नीतिमा उभिनै पर्दछ । श्री ५ महेन्द्र बि. स. २०२८ सालमा स्वर्गे होइवक्स्यो । तव नेपालमा धेरै संकटहरुका बाटाहरु खुल्दै गए । दरवारलाई यसको आभास हुन सकेन । भारतले दलियताको फोहर नेपालभित्र फलिदियो । कालापानी समस्या मात्र होइन, यस्तै धेरै प्रकारका समस्याले नेपाल ग्रस्त छ र उसवाट पालितपोसित दलालहरु मोटा भएका छन । देशको सार्वभौम लुटिएको छ । अस्मिता लुटिएको छ । धन जनको ठूलो क्षेति नै हुन पुगेको छ र नेपाली जनता दलहरुमा बिभाजित भएका छन ।
यी सारा असहज परिस्थितिको सामना गर्न बिदेशीहरुलाई मात्रै दोष थोपरेर समस्याको समाधान हुने होइन । नेपाली जनता आफैले आफू माथि परेका संकटहरुको बिबेचना गर्दै एकै ठाउँमा जुटेर समस्याको समाधान गर्नै पर्दछ । सेना र प्रहरीहरु नेपालीकै छोरा र छोरी हुन । देश सबै नेपालीको हो भन्ने बुझेर सबै देशभक्तहरु हातेमालो गरेर पराधिनतालाई धकेल्नै पर्दछ र सार्बभौमसत्ताको जगेर्ना गर्न ढिला गर्नु हुँदैन । अब सबै देशभक्तहरु मिलेर हातेमालो गरौं । शर्माः नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend