सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शक्ति राष्ट्रहरुको चासो

शक्ति राष्ट्रहरुको चासो

 

बिष्णु प्रसाद शर्मा,

पहिले सनातन बैदिक धर्मको गुण थियो । बीर जन्मेका थिए, कण कणमा बीरहरुको गाथाहरु समेटिएर माटोमा गौरवपूर्ण इतिहास लेखिएका थिए । अब त्यो समय रहेन सकुनी र दुर्योजनले भरिभराउ भइसकेको छ । सत्यको बिजय हुनु पर्दछ भन्ने युधिष्ठिर अन्याय गर्नेले सजाय पाउन पर्ने इराधा भएका भीम र युद्धमा युद्धकै कला र नीति हुनु पर्दछ भन्ने अर्जुन पनि समय संगै लोप भइसकेको बुझिन्छ । नेपाल तपोभूमि थियो । ठूला ठूला ऋषिहरुले यही माटोमा तप गरेर ज्ञान पाएका थिए र यहाँको माटो पबित्र भएर शिब पार्वतीको बास घर बनेको नेपाल हो ।
यी माथिका उद्गारहरु कोट्याई रहदा कता कता ग्लानिता भएर आउँद छ । सत्तालाई भाँग धतुरो ठान्नेहरु मस्तले लठ्ठीने लठ्ठी रहेका र मात्तिने मात्ति रहेकैछन । चेतनाको कुनै पर्वाह नै रहेको छैन र शहर भीडले खचाखच छ । उनमत्त भैरवको जात्रामा भीडले कुल्चिए झै जनअधिकारलाई सक्नेले कुल्चिएर माटोमा मिलाई रहेछ सत्ता साझेदारहरुले र उनीहरुका मतियार, समर्थक हुन सक्नेले अनगिन्ती सुबिधाहरु पाएकै छन ।
बिज्ञानलाई बेदका ऋचाहरुले निर्देशन गरेका छन । नीति शास्त्रहरुले धेरै प्रकारका नीतिहरुलाई शासन गर्दछ र बिश्वले त्यही निर्देशनहरुकै शिक्षाले आ आफ्ना धारणाहरु तय गरेर अघि बढेका छन र सफल भएको देखिन्छ । नेपालमा कुनै नीति र नियमको पालना गरिराख्नु पर्ने अबस्था छैन । पराधिपतिहरुले अराएको काम मात्र शासकहरुले गर्ने गर्दछन् । राजनीति शास्त्र, धर्म शास्त्र, अर्थशास्त्र जस्ता कुनै पनि शास्त्रले देखाएको बाटो नदेख्नेहरुको जमातले शासन गरेको हुँदा यन्त्र तन्त्र जताततै छाडापन मौलाएको छ नै । यो अबस्थाले देशको सार्वभौम , अखण्डतालाई असर गरेको र देशवासी जनताले राज्यले लागु गरेका ऐन कानुन र अनुशासन जस्ता अत्यन्तै महत्वपूर्ण बस्तु त्यागेका छन । मानवले दानवको प्रबृति अंगाली सकेको प्रष्ट देखिन्छ । त्रिकालदर्शी कृष्णले यो अबस्था आउँदै छ भनेर फलामको भिमको रचना गरेका थिए । धृर्तराष्टले भीमलाई मार्छु भनेर अँगालोमा लिएर निचोरे अन्धा धृतराष्ट्रले चालपाउन सकेनन् । फलाम कुचियो भने भीम बाँचे । अहिले नेपाली जनताले दलिय अबस्थाको चित्रणलाई बुझन नसकेर थोरै मात्र दलले नाङ्गो नाच देखाई राखेका छन । उनीहरु जनताको निर्देशनले होइन, बिदेशी निर्देशन अनुसार नाचिराखेका छन र यसको फाइदा शक्ति राष्ट्रहरुको चासो बनेको छ । देशले धेरै पटक अर्जुन जन्माउने प्रसव बेदना सहयो तर बलात्कारी दुशासन मात्रै जन्मियो । यो जव सम्म चलिरहने छ तव सम्म जनताले राष्टको स्वाधिनता के हो भनेर बुझदैनन् । त्यो चेतना जनतामा पलाउने समय सम्ममा कतै देशले अस्मिता गुमाई सकेको हुने छ । संबिधानले भिजिलान्ते जन्मायो । बन्दुकबाट शक्ति निस्कन्छ भनेर जनतालाई झुक्याए तर बन्दुके शक्तिले अराजकता , अशान्ति र बिदेशी हस्तक्षेप जन्मायो । चिप्ले किरा जस्तो हाड नभएको संबिधानलाई अदालतले सास र हाड थपिदिन पर्ने अबस्था पो जन्मियो । राजतन्त्र र हिन्दु अधिराज्य फाल्न सक्ने  महावलीहरुले जनताका लागि तितेपाती र गन्देको साग दिन नसकेर बिदेशीन पर्यो । देश छटपटीमा छ भने जनतालाई निलकाँडा बिजे जसरी दुखेर छटपटाहट छ । शर्माः नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend