आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेकपा एमाले चुनावमा जान एक्लै काफी छः रिजाल

नेकपा एमाले चुनावमा जान एक्लै काफी छः रिजाल

  • शुक्रबार, २७ फाल्गुन २०७८

 

 

काठमाण्डौ २७ फाल्गुन । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले स्थानीय तहको निर्वाचनबाटै सत्ता गठबन्धन दललाई एमालेले बढार्नें टिप्पणी गरेका छन । आज खवर ब्रेकिङ संगको छोटो कुरा कानी गदै उनले यस्तो टिप्पणी गरेका हुन ।

उनले भने, ”नेकपा एमाले चुनावमा जान एक्लै काफी छ, कसै संग तालमेल गर्नु पदैन । नेकपा एमालेको पक्षमा जनलहर छ । कसै संग भिक्षा माग्नु पदैन । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले जस्तो हामीले भिक्षा माग्नु छैन ।”

उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र एकिकृत समाजवादीको हैसियत जनताले देखाइदिने बताए । काँग्रेसको लौरो टेकेर माओवादी केन्द्र र एकिकृत समाजवादी चुनावमा जान खोजेको तर एक्लै चुनावमा जान डराएको उनको भनाई छ । उनले हिम्मत भए एक्ला एक्लै चुनावमा जान माओवादी केन्द्र र एकिकृत समाजवादीलाई चेतावनी समेत दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend