काठमाडौं। नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन्। संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गरेका हुन्।
त्यस्तै राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक देवन्द्र दाहाल नियुक्त भएका छन्। यसअघि भट्टराई प्रमुख सचेतक थिए। दलको नेता सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएकाले भट्टराईलाई बनाइएको हो।
राष्ट्रियसभामा विपक्षी दलको नेता अब भट्टराई भएका छन्। भट्टराई एमालेको पोलिटव्यूरो सदस्य समेत हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend