सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ

सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ

  • शुक्रबार, २७ फाल्गुन २०७८

 

काठमाडौँ २७ फागुन । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend