आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

निर्वाचन आयोगले बोलायो छलफलका लागि १७ राजनीतिक दलका प्रतिनिधिलाई

निर्वाचन आयोगले बोलायो छलफलका लागि १७ राजनीतिक दलका प्रतिनिधिलाई

  • शुक्रबार, २७ फाल्गुन २०७८

 

काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तयारीबारे छलफल गर्न राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा बोलाएको छ।

आज बिहान ११ः ३० बजे आयोगमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने कार्यक्रम छ।

साथै मतपत्रलगायत विभिन्न विषयमा आयोगले रायसुझाव लिने तयारी गरेको छ। आयोगले मतपत्र र चिन्ह हरियो तथा स्वस्तिक छापको रङ निलो राख्ने निर्णय गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको थियो।

तर आयोगले मतपत्रको डिजाइन र रङ राख्ने क्षेत्राधिकार आयोगमा रहेको प्रष्ट पारिसकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १७ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend