सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उद्योग, व्यापार र कारोबार क्षेत्र धरासायी बन्दै गएको छः अर्थविद्

उद्योग, व्यापार र कारोबार क्षेत्र धरासायी बन्दै गएको छः अर्थविद्

 

 

विराटनगर २६ फागुन । बैंक तथा वित्तीय संस्थामा तरलता अभावका कारण उद्योग, व्यवसायलगायत क्षेत्रमा व्यापक असर परेको अर्थविद्ले बताएका छन् ।

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको बिज टक कार्यक्रममा सहभागी अर्थविद्ले जनशक्तिको कमी, बैंकको मनोमानी र सरकारको अदूरदर्शी नीतिका कारण उद्योग, व्यापार र कारोबार क्षेत्र धरासायी बन्दै गएको बताएका हुन् ।

अर्थशास्त्री डा भेषप्रसाद धमला, प्रा पीके झा र डा वेदराज आचार्यले तरलता अभावको प्रमुख कारण सरकार र नेपाल राष्ट्र बैंकको अदूदर्शी र अस्पष्ट नीति भएको आरोप लगाए ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend