आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

आगामी चुनावमा एमाले एक्लै लड्न तयार छः शंकर पोखरेल

आगामी चुनावमा एमाले एक्लै लड्न तयार छः शंकर पोखरेल

 

 

काठमाडौं २६ फाल्गुण । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल पक्ष चोइटिएर जाँदैमा एमालेलाई कुनै घाटा नहुने बताएका छन् ।

एक टेलभिजन कार्यक्रम जनता जान्न चाहन्छन् मा कुरा गर्दै पोखरेलले एमालेबाट चोइटिएर गएका जति आफूहरुले माओवादीबाट ल्याइसकेको बताए । एमालेको ताकत जस्तो अरुको नभएको भन्दै उनले एमालेविरुद्ध जति ठूलो गठबन्धन गरे पनि जनताको लहर र आकर्षण रहेको बताए ।

एमसीसीका बिषयमा कुरा गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका माधव नेपाललाई एमसीसीको भारी बोकाउन एमाले सफल भएको बताए ।

यस्तै आगामी चुनावमा एमाले एक्लै लड्न तयार रहेको बताउदै उनले अहिले एमालेको पक्षमा जनलहर चलेको बताए । उनले एमालेसँग देशभरि एक्लै जाने असाधारण ताकत रहेको पनि बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend