सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जनतालाई खोक्रो र उधारो आश्वासन बाँडेर राजनीति कति दिन टिक्छ ?

जनतालाई खोक्रो र उधारो आश्वासन बाँडेर राजनीति कति दिन टिक्छ ?

डा डीआर उपाध्याय,

आज देशको अबस्था नाजुक बन्दै गइरहेको छ । राजनीतिक दल र तिनका नेताहरु मुलुकको भबिश्य बनाउने भन्दा पनि जसरी हुन्छ आफै बन्ने ध्यानमा छन । मुलुकको ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । महंगीले आकाश छोएको छ । सर्बसाधरण जनतालाई बिहान बेलुकाको छाक टार्न धौ धौं छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । युवाहरु रोजगार नपाएर सडक सडक भौतारिदै हिडिरहेका छन ।

आज देशमा गम्भिर समस्या देखा पदै छन । सरकार समस्या समाधान गर्ने कुरामा गम्भिर बन्नु पर्छ । देशमा रोजगारी सिर्जना गरी युवाहरुलाई रोजगार दिने ब्यवस्था सरकारले गर्नु पर्छ । युवाहरु निराश बनिरहेका छन । उनीहरुले देशको भबिश्य देख्न सकिरहेका छैनन् । राजनीतिक दल र तिनका नेताहरुको पछि लागेर युवाहरुले के पाए ?  यो गम्भिर प्रश्न हो । अब सबैले गम्भिरताका साथ सोच्ने बेला आएको छ ।

सधै भरी यस्तै अबस्था हुने हो भने देश कहिले बन्छ ?  देश बनाउन इमानदारीता र इच्छाशक्तिको खाँचो हुन्छ रु नेताहरुमा इमानदारीता खै ?  दल र तिनका नेताहरुको पछि पछि हिडन पनि लाज लाग्न थालिसकेको छ । अब यसरी देशलाई अघि बढाउन सकिदैन । सत्ता र शक्तिमा हुनेहरुले देश लुटेको लुटै छन । जनता काम गरेर समेत आफनो जीवन चलाउन सकिरहेका छैनन् । जनतालाई खोक्रो र उधारो आश्वासन बाँडेर राजनीति कति दिन टिक्छ ?  स्थानीय तहको निर्वाचनको मिति समेत घोषणा भएको अबस्था छ । नेताहरु जनतालाई फेरि भ्रम छर्दै हिडन थालेका छन ।

अब जनता भ्रममा पर्नु हुदैन । अब हुने स्थानीय तहको निर्वाचनमा जनता सचेत बन्नु पर्ने आबश्यकता देखिएको छ । गलत मान्छेलाई भोट दिएर जिताउने काम कसैले गर्नु हुदैन । त्यसो भयो भने भोली हामी आफैले समस्या भोग्नु पर्ने हुन्छ । जनताका समस्या समाधान गर्ने र जनताको दुख्ख सुख्खमा साथ दिने राम्रा र योग्य उम्मेदवारलाई चुन्नु पर्ने हुन्छ । हाम्रो देशमा नेताहरु इमान्दार हुन नसक्दा समस्या निम्तिएको छ । राजनीति भनेको समाज सेवा हो । तर यहाँ राजनीतिलाई ब्यापार ब्यवसाय बनाउन खोजिएको छ । त्यसो भएको हुनाले राजनीति बदनाम भइरहेको छ ।

नेताहरु चुनावमा भोट माग्न आउँदा उनीहरुलाई जनताले प्रश्न गर्नु पर्छ । बिगतमा चुनाव जितेर के के काम भयो ?  कुन कुन ठाउँमा बिकास भयो ?  तपाईहरुका घर घडेरि यति छिटो कसरी जोडिए ?  बिगतमा हामीलाई आश्वासन बाँडेका कुरा किन पुरा हुन सकेनन् ?  यस्तै यस्तै प्रश्नहरु आ आफना उम्मेदवारहरुलाई सोध्नु पर्ने भएको छ । नागरिक तहबाट नेताहरुलाई खवरदारी गर्न छोडनु हुदैन ।

जनताले लडेर ल्याएको ब्यवस्था हो यो । नेताहरुलाई मनपरी गर्न दिनु हुदैन । अहिलेका जनता सचेत छन । जनताले सहि रुपमा बिवेक प्रयोग गर्न सिक्नु पर्छ । देशको भबिश्य अन्धकार बनाउन कसैले पाइदैन । जनतालाई ढाँटने र छल्ने काम पनि कुनै दल र तिनका नेताहरुले गर्नु हुदैन । ढाँटको राजनीति लामो समय सम्म टिक्न सक्दैन । यो कुरा नेताहरुले बुझे हुन्छ । अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ । अब जनतालाई नेताहरुको भाषण होइन, सुशासन सहितको शासन चाहिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend