आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमसीसीबारे भ्रम फैलाइयोः प्रकाशमान सिंह

एमसीसीबारे भ्रम फैलाइयोः प्रकाशमान सिंह

 

काठमाडौँ २५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोहलाई सम्बोधन गर्दै उनले एमसीसी देशको हितका लागि आवश्यक रहेको दाबी गर्दै यसैकारण कांग्रेसले यसका पक्षमा वकालत गरेको बताएका हुन्।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने।

उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने टिप्पणी गरे।

‘एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरियो,’ सिंहले भने, ‘राष्ट्रघाति भए संघीय संसदबाट पास हुन्थ्यो तर सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने  यसरी त मिल्दैन नि’

उनले एमसीसीका बारेमा भ्रम छर्नेहरुले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेको प्रति आपत्ति जनाए।

‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend