आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पदाधिकारी चयनमा प्रचण्ड असफल

पदाधिकारी चयनमा प्रचण्ड असफल

 

 

काठमाडौं २४ फाल्गुन। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ ।

शुक्रबारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहालले शनिबार र आइतबार बैठक स्थागित गरेका थिए ।

तर, नेताहरूका बीचमा भएको आन्तरिक छलफलमा समेत सहमति जुट्न नसकेपछि प्रमुख विषयमा निर्णय नै नगरी बैठक स्थगित भएको छ । अब आगामी २० जेठमा बस्ने केन्द्रीय समिति बैठकबाट यी एजेन्डामा छलफल हुनेछ ।

पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै एमसीसीलगायतकाका विषयमा २० जेठपछि छलफल हुनेछ । आगामी २० जेठमा यी प्रमुख विषयमा छलफल गरेर निर्णय गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीलगायतका विषयमा आएको फरक मतलाई दर्ज गरेर राख्ने र आगामी बैठकमा पार्टीभित्र छलफल गरिने उनले बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend