आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सभामुखले जारी गरे शुभकामना सन्देश

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सभामुखले जारी गरे शुभकामना सन्देश

 

 

काठमाडौं २४ फागुन । सभामुख अग्नि प्रसाद सापकोटाले महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको बताएका हुन् ।

संविधान सभामार्फत् जारी गरिएको नयाँ संविधानमा सबै खाले लैंगिक विभेद अन्त्यको दस्तावेजीकरण सम्भव भएको उल्लेख गर्दै उनले राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिता सुनिश्चित भएको पनि बताएका छन् ।

महिला दिवसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै यस दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रुपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend