आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरेः प्रदीप ज्ञवाली

सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरेः प्रदीप ज्ञवाली

 

नुवाकोट २३ फाल्गुन। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को कुरा उठाएको आशङ्का गरेका छन् ।

नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने, “स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।”

सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend