काठमाडौँ १७ फागुन । नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन्। सभापति पदका उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्। पोख्रेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गरेका निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिए।
जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएकामा आइतबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त प्राप्त गर्न नसकेपछि पुनः मतदान गरिएको थियो।
२८ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय पोख्रेल नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्षसहितका जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
समितिको उपसभापति दुई, सचिव दुई, सहसचिव दुई, जनजाति आदिवासी सदस्य चार, दलित महिला सदस्य एक, दलित सदस्य एक, सदस्य अल्पसङ्ख्यक सदस्य एक, हरेक स्थानीय तहबाट महिला र खुल्ला सदस्य पदका लागि भएको मतदानको मत गणना भने गर्न बाँकी छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend