आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दिए यस्तो प्रतिक्रिया

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दिए यस्तो प्रतिक्रिया

 

 

काठमाडौं १२ फाल्गुण । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताएका छन् ।

बिहीबार साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने सहमति भएको बताए ।

माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए ।

उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए ।नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend