फाइल तस्वीर
काठमाडौं १० फागुन । समाजवादी केन्द्र नेपाल पार्टीले राष्ट्रपति कार्यालयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पुगेको छ ।
समाजवादी केन्द्र नेपाल पार्टीका अध्यक्ष युवराज सफल नेतृत्वको टोलीले राष्ट्रपति कार्यालयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दिएको हो ।
एमसीसी सम्झौता इष्ट इन्डिया कम्पनीको ढाँचामा आएको र इष्ट इन्डिया कम्पनीले सिंगो भारतलाई पराधीन बनाएजस्तै एमसीसीले नेपाललाई अनिश्चितकालसम्म पराधीन बनाउन सक्ने खतरा रहेको निवेदनमा उल्लेख छ ।
एमसीसी किन स्वीकार गर्न हुन्न भन्ने विषयमा विभिन्न ११ वटा बुँदा लेखेर दिइएको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend