सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल संग के चाहन्छन् ?

नेपाल संग के चाहन्छन् ?

बिष्णु प्रसाद शर्मा,

 

सत्य सजिलो छ । सजिलो बाटो हिड्न सबैले रुचाउँछन् । सफा सुन्दर, रवाफ, फोस्रो इज्जत र धाकले आत्मघात गर्दछ । सत्य थिचिदैन, मर्दैन र बाङगो टिङगो भएर बटारिदानी बटारिदैन यो ध्रुर्व सत्य हो । भारत ब्रिटिस उपनिवेसबाट १९४७ मा गौमुत्रले सिंचिएर चोखो बनेको मुलुक हो भने अमेरिका श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको उदेक लाग्दो शाहशिलो कदमको लोभले संगठित भएको इतिहास साक्षी छदैछ । हजार कोसको यात्रा पहिलो पाइलाबाटै शुरु हुन्छ भनेर पनि ज्ञान सबैलाई छ र हामीलाई प्रेरणा दिने अग्रजहरु नै हुन ।
अँध्यारोको सहारा दियालो हो, उज्यालोको प्रकाशले ब्यावहारिक राजनीतिक बाटोमा हिंड्दा बिचारधारा बिकसित हुनु स्वभाविकै पनि हो । तर बिचारधारा एउटा अघि बढने साधन हो साधक भने होइन । नेपालको यो पछिल्लो अबस्थाबाट भारतको ढाडमा टेकेर अमेरिका र पश्चिमाहरु नाजायज फाइदा नेपालबाट उठाउन चाहन्छन् । यी मुलुकहरु नेपाल संग के चाहन्छन् ? भन्ने प्रश्नको उत्तर सजिलो छ । नेपाललाई प्रजातन्त्रको नामबाट उनीहरुले पालित् पोशित् हलिगोठालाहरुबाट खेलाउँन चाहन्छन् । नेपाली राजनीतिक क्षेत्रमा राजनेता छैनन् भनेर बुझि सकेको अबस्था हुँदा भारत आफ्नै पञ्जाबाट निचोरी राख्न चाहन्छ । अमेरिका सदासर्वदा शक्ति प्रदर्शन आफैले मात्र गरिराख्नु पर्दछ र नेपालको भूमिले यो काम सफल हुन्छ भनेर जान्दछ । यो पबित्र माटोलाई अँध्यारोमै रुमलि राख्न उसले चाहेको हुँदा एमसीसी जस्ता राष्ट्रघाती प्रोजेकटहरु थोपर्न चाहन्छ ।
नेपालको राजनीतिक क्षेत्रमा प्रबेश गरेकाहरु बनाउने होइन, देश बिकास गर्ने पनि होइन, केवल बाँचुन्जेल पदमा रहेर बिदेशीले दिएको आर्थिकले ब्यापारिक राजनीति गर्न चाहन्छन् र उनीहरु संग ऋणलिएर मोटरहरु पैसा बाडेर मासुभात ख्वाएर चुनाव जित्न सफल हुँदै आएका छन । पैसाले चुनाव जितिने भए पछि बिकास गर्नु परेन । पढे लेखेका युवाहरुको आबश्यकता पनि परेन । सुकिलो मुकिलो भएर २, ४ वटा बकन फुसे गफ हान्न जाने पछि सोझा जनताले पत्याई दिने नै भए । बिदेशीहरुको योजना अर्कै छ जति लगानी गर्न परे पनि गर्ने जसरी भए पनि नेपाललाई आफ्नै कब्जामा राखिराख्न पाउँदा उनीहरुको लगानीको कुनै मुल्य हुने भएन ।
नेपालको उत्तरि सिमाना चीनरहेकाले नेपालबाट चीन छिर्न धेरै सहज हुने भारत लगायत पश्चिमाहरुको परिपक्क ठम्याई रहि आएको छ र यो बाटो सफा बनाउनमा उनीहरु जुन सुकै मूल्य चुकाउन तैयार छन् भने दलियताको खोल ओढेर हलिहरुलाई युरो र डलर भए पछि राष्ट्रको कुनै चिन्ता छैन । नेपाल नरेश स्व श्री ५ महेन्द्रले भारत लगायतका छिमेकि मित्रराष्ट्रहरुलाई राम्रो संग चिनी बकसेको हँुदा पञ्चशिलताको शिद्धान्त अपनाएर कुटनीति सम्बन्ध कायम गराई बक्सेको थियो । आजका दलका गोठाला बिदेशीका हलहरुलाई देश के हो ? पञ्चशिल भनेको के हो ? कुनै सरोकार राख्न परेन । केवल युरो डलर भए पछि उनीहरुका कार्यकर्ता पालिने नै भए किन देश बिकास हँुन पर्यो ? किन स्वाधिनताको आबश्यक यसैले बिदेशीहरु जसरी भए पनि अधिनमा नेपाललाई राख्न चाहन्छन् र लगानीले नेता भनाउँदा किनिएका छन । जनता भने नेपाल संग के चाहन्छन् ? बिदेशीहरु भनेर रनभुल्लमा परि राखेका छन । जाग जनता जाग !! अब देशको अस्तित्व जोगाउनु छ । नेपाली जनताले पुर्खाको कमाई सुन्दर देश नेपाल जोगाउने छन् र बिदेशी शक्तिलाई धुलो चटाएरै छाड्ने छन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend