काठमाण्डौं ९ फागुन । नेकपा एमालेका प्रखर वक्ता तथा युवा नेता रामप्रसाद रिजालले एमसिसि परियोजना मुलुकको हितमा नरहेको बताएका छन । उनले पत्रकारहरु संगको छोटो कुराकानीमा यस्तो बताएका हुन ।
सभामुख अग्नि सापकोटाले प्रचण्डको कारिन्दा जस्तो भएर काम गरेको आरोप लगाउँदै रिजालले सभामुखलाई पदबाट हटाउन माग गरेका छन । सरकार टिकाउने नाममा देउवा, प्रचण्ड, माकुने र बाबुरामहरु नेपाल आमा माथि किन खेलवाड गरिरहेका छन ? नेता रिजालले प्रश्न गरे । प्रचण्डको माओवादी पार्टी र माकुनेको एकिकृत समाजवादी पार्टी चुनाव पछी डाईनोसोर जस्तै लोप हुने रिजालले ठोकुवा नै गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend