आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेपाल बार एशोसियसनको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाल बार एशोसियसनको निर्वाचन कार्यक्रम सार्वजनिक

 

काठमाडौं ९ फागुन । चैत १९ गते हुने नेपाल बार एशोसियसनको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सोमवार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन, दाबी विरोध १३ गते, दाबीविरोधमा जाँचबुझ १९ गते र मतदाताको अन्तिम नामावली प्रकाशन २० गते गरिनेछ ।

यस्तै फागुन २३ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ । दाबी विरोध, जाँचबुझ र दोस्रो नामावली प्रकाशन फागुन २४ गते, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन २५ गते हुनेछ । मतदान चैत १९ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनबाट अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, कोषाध्यक्ष १, सदस्यहरू १४ जना निर्वाचित हुनेछन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend