फाइल तस्बिर।
काठमाडौँ ८ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन्। एमालेको नाराबाजीका बीच संसद बैठक चलिरहेको छ।
एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नीप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।
बैठकमा एमसिसी पेश गर्ने तयारी छ। सत्ता गठबन्धनको बैठकले एमसिसी पेश गर्ने निर्णय गरेसँगै कार्यव्यवस्था परामर्श समितिले सोही अनुसार कार्यसूचि तय गरेको हो ।
अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिँदै आएको छ। गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको थिएन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend