सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

 

 

काठमाडौं ६ फागुन । नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ । बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य (आज शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend