काठमाण्डौ ५ फागुन । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले यथास्थितीमा एमसीसी पास गर्न नहुने बताएका छन । उनले आज खबर ब्रेकिङ संग छोटो कुरा गदै यस्तो बताएका हुन । उनले भने, ”यथास्थितीमा एमसीसी कुनै हालतमा पनि पास गरिनु हुदैन । एमसीसी सम्झौतामा केही बुँदा आपतिजनक र देशघाती छन । यस्तो सम्झौता पास गर्नु हुदैन ।”
उनले नेकपा एकिकृत समाजवादी र मओवादी केन्दलाई्र सरकारमा बसेर दोहोरो कुरा गरिरहेको आरोप लगाए । एमसीसीको बिरोध गर्ने हो भने नेकपा एकिकृत समाजवादी र मओवादी केन्द सरकार छाडेर सडकमा आउनु पर्ने उनले बताए । सरकारमा पनि बस्ने एमसीसीको बिरोध पनि गर्ने अनि सरकार छोडन नसक्ने यो कस्तो दोहोरो चरित्र हो भनी उनले प्रश्न समेत तेर्साए ।
सत्ता स्वार्थको राजनीतिले देश बर्बाद भएको भन्दै उनले चिन्ता समेत ब्यक्त गरे । अमेरिकाले साच्चै नै नेपाललाई यहांको विकास निर्माण शिक्षा स्वास्थ्य लगाएतका पुर्वधारमा सहयोग गर्न खोजेको भए विना शर्त सहयोग गर्न तयार हुनुपर्ने उनको भनाइ छ । उनले परियोजना सर्त सहित स्वीकार्न नसकिने बताए । उनले यथास्थितिमा एमालेले एमसीसी परियोजना पास गर्न नदिने बताए । फेरि यस्तो बोले पछि रिजाल सामाजिक संजालमा भाइरल बनेका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend