बुटवल २६ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा एमालेलाई धक्का लागेको छ । नेकपा एमाले दाङका पूर्व जिल्ला कमिटी सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गरेकी छिन् ।
रेग्मीसहित तुलसीपुरकै कार्यपालिका सदस्य डिला परियार, एमालेका पूर्व जिल्ला कमिटी सदस्य प्रेमबहादुर बस्नेत, बसन्ता गोराथोकीलगायत एमालेबाट नेता तथा कार्यकर्ताहरूले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । रेग्मी केही दिन अघि भएको एमालेको जिल्ला कमिटी सदस्य चयन भएकी थिइन् ।
त्यस्तै दुर्गा वली , शान्ता वली, लक्ष्मी वली, विष्णु वली, ओमबहादुर कँडेल, मोहन बस्नेत, बसन्त रैदासलगायतले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीले स्वागत गरेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend