काठमाडौं । नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशनमा माधव नेपालको नेतृत्वमा रहेको नेकपा ९एकीकृत० समाजवादी पार्टीलाई नडाक्ने निर्णय गरेको छ ।
चितवनको भरतपुरमा हुन लागेको एमालेको १० औँ महाधिवेशनमा नेकपा ९एस०लाई नडाकिने बुधबार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई मात्र बोलाउने निर्णय भएको छ । अवैध सम्बन्धबाट बनेको राजनीतिक दललाई महाधिवेशनमा नबोलाउने पनि उनले बताए ।
एमालेले पार्टीको १० औँ महाधिवेशनमा विभिन्न राजनीतिक दल र मित्रराष्ट्रका दलका प्रतिनिधिलाई डाक्ने निर्णय भएको पनि प्रमुख भट्टराईले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend