शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

गगन थापाले गरे यस्तो कडा टिप्पणी, ओलीलाई लगाए संसदलाई पंगु बनाएको आरोप !

गगन थापाले गरे यस्तो कडा टिप्पणी, ओलीलाई लगाए संसदलाई पंगु बनाएको आरोप !

 

 

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई पंगु बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरागर्दै ओलीलाई संसदसँग घिन लाग्ने बताउदै प्रधानमन्त्री हुदा पनि उनले संसदलाई बेवास्ता गरेको बताए ।

थापाले भने( ुओलीलाई संसदसँग घिन लाग्छ । उहाँलाई संसद देख्ने हुदैन । प्रधानमन्त्री बनेपछि संसदलाई बेवास्ता गर्नु भयो । पटक पटक संसद विघटन गर्नु भयो । अहिले विपक्षि दल हुदा संसदलाई पंगु बनाउनु भएको छ ।ु

अहिले एमालेले उठाएको विषय सभामुखले पुरा गर्न नसक्ने ओलीलाई राम्रोसँग थाहा भएको बताउदै नेता थापाले सर्वोच्चमा मुद्धा दर्ता भएको विषयमा संसदमा प्रवेश गर्न नसक्ने बताए ।

उनले व्यक्तिगत रुपमा ओलीलाई संसदसँग घृणा रहेको आफुलाई लागेको भएपनि अहिले सिंगो एमालेलाई संसदप्रति घृणा रहेको बताउन बाध्य भएको टिप्पणी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend