काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता दिन नसकेको भन्दै गठबन्धन दलको कडा आलोचना गरेका छन । एमाले उपत्यका कमिटीले विहीबार काठमाडौंमा गरेको भेलामा ओलीले यस्तो आलोचना गरेका हुन । उनले एमालेमा विभाजन ल्याउने प्रयास हुन सक्ने भन्दै आफना नेता कार्यकर्तालाई सजक हुनुपर्ने बताएका छन । पार्टीभित्र विभाजन ल्याउन फेरि पनि प्रयास हुनसक्ने उनको भनाई छ ।
उनले एमालेलाई सिध्याउन खोजेपनि अझै सशक्त र एकताबद्ध भएर अघि बढ्ने धारणा राखे । उनले भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने दावी पनि गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको बिकासमा वर्तमान सरकारले जस लिन खोजेको धारणा राखे ।
उनले आफू नेतृत्वको सरकारले देशको बिकासका लागि गरेको काम देख्न नसकेर हटाइको उल्लेख गरे । अध्यक्ष ओलीले माधव नेपालको पार्टीले संरचना निर्माण गरेको सुनेको भन्दै संरचनामा बस्ने मान्छेको अभाव हुने टिप्पणी गरे ।
सरकारले बाँडेको मेडलको बारेमा आफूले गरेको टिप्पणीलाई अपव्याख्या गर्ने प्रयास गरेको भन्दै ओलीले एमालेले सत्ताको दुरुपयोग गर्न नजानेको प्रष्टिकरण दिए । ओलीले पार्टीलाई सशक्त बनाउदै अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा एमालेका नेताहरुले पार्टीलाई कसैले पनि कमजोर बनाउन नसक्ने धारणा राखेका थिए । एमाले अझै सशक्त र एकताबद्ध हुने शुभ संकेत देखिएको छ । यता गठबन्धन दलको मन्त्रिपरिषद्ले पूर्णता दिन नसकेको भन्दै जता गयो उतै आलोचना भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend